चितवन विशेष

चितवनमा अन्तर्राष्ट्रिय रक्तदान अभ्यास र अनुभवबारे डा.रेग्मीसँग विशेष संवाद

०
Banner

चितवन, कार्तिक १५–

‘मानवताका लागि रक्तदान अभियान’ भन्ने मुल नारासहित स्थापित नेपाल रक्तदाता संगठन (नेपाल ब्लड डोनर्स अर्गनाइजेशन)ले चितवनमा अन्तर्राष्ट्रिय रक्तदान अभ्यास र अनुभवका विषयमा विशेष संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुरस्थित होटल ग्लोबलमा कार्यक्रममा अमेरिकामा रक्तदानको अभियान चलाउँदै आइरहेका डा. नन्दा लाल रेग्मी


अन्तर्राष्ट्रिय रक्तदान अभ्यास र अनुभवका विषयमा विशेष संवाद गरिएको थियो । कार्यक्रममा रक्तदानको महत्व, अन्तर्राष्ट्रिय स्तरमा अपनाइँदै आएका रक्तदान अभ्यास तथा रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने विषयमा अनुभव आदानप्रदान गरिएको थियो । कार्यक्रममा रक्तदान सचेतना अभियानमा सक्रिय अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाम बुद्धिजीवी प्रेम रिमाल तथा नेपाल रक्तदाता संगठनका सल्लाहकार भागिरथ बस्यालले मन्तव्य व्यक्त गरेका थिए । संगठनकी केन्द्रीय सदस्य डा. सृजना भुर्तेलले स्वागत मन्तव्य राखेकी थिइन् । नेपाल रक्तदाता संगठनका उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनका प्रवक्ता विपिन पाठकले गरेका थिए ।

रक्तदानलाई मानवताको महत्वपूर्ण सेवाका रूपमा स्थापित गर्दै नियमित रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>