राजनीति

आनी छोइङको नियुक्ति विवादमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

०
Banner

काठमाडौं, मंसिर ९-

गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णयविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले सरकारलाई छलफलमा बोलाएको छ ।

नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि मंसिर १४ गतेका लागि छलफलमा डाकिएको हो । त्यस दिन रिट निवेदक र सरकारबीच छलफल भई अन्तरिम आदेशको टुंगो लाग्ने छ ।

डोल्माको योग्यतामाथि प्रश्न उठाउँदै कोषको उपाध्यक्ष रोक्न माग राखेर सफलता बोगटी लगायतले सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश डा।रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार भएको सुनुवाइपछि दुवै पक्षलाई छलफलमा डाकेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>