खेलकुद
यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा
०

काठमाडौं, कार्तिक १५–
पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ ।
आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान शर्मासहित रोशन शाही, निरज कुमार यादव, सूर्यांशु कोइराला, प्रसिद्ध जैसी, अभय यादव, सोहेल कुँवर, सुशील बहादुर रावल, दर्श सोनार, नितेश कुमार पटेल, रोहित चन्द, शुभम खनाल, निश्चल क्षेत्री र सचिन भट्ट रहेका छन् ।
यू–१९ एसिया कप नेपाली युवा क्रिकेटरहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ । प्रतियोगितामार्फत नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























