देश/प्रदेश
प्रेस स्वतन्त्रता र सुशासनको माग गर्दै माइतीघरमा गरियो नागरिक दबाब कार्यक्रम
०

काठमाडौं, कार्तिक १५–
प्रेस स्वतन्त्रता, सरकारको जवाफदेहिता र विधिको शासन सुनिश्चित गर्न माग गर्दै प्रगतिशील रूपान्तरण आन्दोलनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै ‘प्रधानमन्त्री सल्लाहकार भाइ–भाइ, विधिको शासन बाई–बाई’ लगायतका नारा लगाएका थिए ।
आन्दोलनले प्रेस स्वतन्त्रताको संरक्षण, राज्यका निकायमा जवाफदेहिता र सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























