चितवन विशेष
सेन्ट्रल मोडल कलेजको फेरि उत्कृष्ट नतिजा, ७५ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण

भरतपुर, भदाै २५-
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित भरतपुर–२ स्थित सेन्ट्रल मोडल कलेजले BHM (Bachelor of Hotel Management) र BITM (Bachelor in Information Technology Management) प्रथम सेमेस्टरको नतिजामा यस वर्ष पनि आफ्नो उत्कृष्ट शैक्षिक परम्परालाई निरन्तरता दिन सफल भएको छ। दुवै कार्यक्रमको प्रथम सेमेस्टरमा ७५ प्रतिशतभन्दा बढी उत्तीर्ण दर हासिल गर्दै कलेजले गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको प्रभावलाई पुनः स्थापित गरेको छ।
कलेजका प्रिन्सिपल डा. टीआर चालिसेका अनुसार यो उपलब्धि विद्यार्थीको अथक मेहनत, अभिभावकको निरन्तर विश्वास र शिक्षकहरूको समर्पित मार्गदर्शनको प्रतिफल हो। उनले भने, “हामी केवल परीक्षामा राम्रो नतिजा ल्याउने लक्ष्यमा सीमित छैनौँ। व्यवहारिक सीप, नैतिक शिक्षा, नेतृत्व क्षमता, व्यावसायिक सोच र वास्तविक कार्यक्षेत्रसँग जोडिएको सिकाइमार्फत सक्षम जनशक्ति उत्पादन गर्नु नै हाम्रो मूल उद्देश्य हो। नियमित कक्षासँगै अतिरिक्त कक्षा, Practical Session, Presentation, Project-Based Learning र उद्योगसँगको प्रत्यक्ष Exposure ले विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी बनाएको छ।”
विशेषगरी BHM कार्यक्रममा होटल उद्योगसँग सम्बन्धित प्रयोगात्मक अभ्यास, किचन तथा सेवा व्यवस्थापनका Practical Class, उद्योग भ्रमण र अनुभवी प्रशिक्षकको मार्गदर्शनले विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रको अनुभव दिलाइरहेको कलेजले जनाएको छ। त्यस्तै BITM कार्यक्रममा आधुनिक कम्प्युटर ल्याब, परियोजनामूलक अध्ययन, डिजिटल प्रविधिको प्रयोग र नवप्रवर्तनमुखी सिकाइलाई विशेष प्राथमिकता दिइएको छ।
यस वर्ष BHM प्रथम सेमेस्टरमा चितवन जिल्लामा तेस्रो स्थान हासिल गरेकी पूर्णिमा गिरीले कलेजको अध्ययन वातावरण आफ्नो सफलताको प्रमुख आधार भएको बताइन्। “यहाँ पुस्तकमा सीमित भएर पढाइ हुँदैन। Practical Class, Hotel Exposure र शिक्षकहरूको व्यक्तिगत मार्गदर्शनले आत्मविश्वास बढाएको छ। यही वातावरणले राम्रो नतिजा हासिल गर्न प्रेरणा दियो,” उनले भनिन्।
त्यसैगरी BITM प्रथम सेमेस्टरमा कलेज प्रथम बनेकी सृष्टि गैरेले सेन्ट्रल मोडल कलेजले प्रविधिमैत्री शिक्षण वातावरण उपलब्ध गराएको बताइन्। “यहाँ अतिरिक्त कक्षा, प्रयोगात्मक सिकाइ, परियोजना कार्य र शिक्षकहरूको सहयोगले विषयलाई गहिराइमा बुझ्न मद्दत गरेको छ। यसले भविष्यको करियरप्रति अझ आत्मविश्वासी बनाएको छ,” उनले प्रतिक्रिया दिइन्।
कलेजका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा कायम रहनु संस्थाले अपनाएको अनुशासित शैक्षिक वातावरण, नियमित मूल्याङ्कन प्रणाली, अतिरिक्त कक्षा र व्यवहारिक शिक्षण पद्धतिको परिणाम हो। आगामी शैक्षिक सत्रमा अझ उच्च उत्तीर्ण दरसहित राष्ट्रिय स्तरमै उदाहरणीय नतिजा हासिल गर्ने लक्ष्यका साथ कलेजले थप नवप्रवर्तनकारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
यसैबीच, नयाँ शैक्षिक सत्रका लागि BHM र BITM कार्यक्रममा भर्ना खुला भएको कलेजले जनाएको छ। सीमित सिट उपलब्ध रहेकाले इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। कलेजले योग्य विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति, गुणस्तरीय शिक्षण, व्यवहारिक सीप विकास र उद्योगसँग जोडिएको अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ।
























