राजनीति

‘जनदबाबपछि रिहाईभन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार’: गगन थापा

०
Banner

काठमाडौँ,कात्तिक १३ –

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा धरपकड गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।

थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, “जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार !”

समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको उनको भनाइ छ । विगतमा पनि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप भएका घटना स्मरण गराउँदै उनले यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएका छन् ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै थापाले पत्रकार वा सञ्चारमाध्यमबाट कुनै त्रुटि भएमा प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट निरूपण गर्नुपर्ने बताएका छन् ।

उनले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गरिएका कदम तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>