प्रवास

चीन र रुस इरानसँग धेरै कम संलग्न छन्ः ट्रम्प

०
Banner

पाम बिच, संयुक्त राज्य अमेरिका, मंसिर ११ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँदै उनीहरू इरानसँग कम संलग्न रहेको बताउनुभएको छ।

तेहरानका सहयोगीहरूले अमेरिकी सैन्य अड्डाहरूलाई निसाना बनाउन मद्दत गरेको रिपोर्टहरू आएका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले फ्लोरिडाको आफ्नो मार–ए–लागो रिसोर्टमा पत्रकारहरूसँग संक्षिप्त प्रेस सम्मेलन गर्दै भन्नुभयो, “मैले हालै चिनियाँ समकक्षी सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनसँग गरेको त्रिपक्षीय बैठकमा इरान द्वन्द्वको बारेमा छलफल भएको थियो।

उहाँले भन्नुभयो, “राष्ट्रपति सीसँगको मेरो बैठक अद्भुत थियो। मलाई लाग्छ उनीहरू इरानसँग धेरै कम संलग्न छन्।”

ट्रम्पले भन्नुभयो, “उनीहरू संलग्न हुन सक्छन्, तर हाम्रो लागि संलग्नता भनेको आक्रमण गर्नु होे, सानो जानकारी दिनु होइन। हामी पनि त्यही गर्छौं।”

“उनीहरूले हामीमाथि जासुसी गरिरहेका हुन सक्छन् भन्छन्, हामी पनि उनीहरूमाथि जासुसी गर्छौं,” उहाँले थप्नुभयो ।

रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भन्नुभयो, “उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन ।”

उहाँले भन्नुभयो, “दुवै देशले इरानसँगको द्वन्द्व सकियोस् भन्ने चाहना राखेको र ‘त्यस सन्दर्भमा उनीहरूले मलाई सहयोग गरिरहेका छन्’।”

मध्यपूर्वको द्वन्द्वमा चीन, रूस र उत्तर कोरिया प्रत्यक्ष वा परोक्षरूपमा इरानका प्रमुख सहयोगी रहेको भन्ने आरोप लाग्ने गरेको पाइन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>