राजनीति

प्रहरीको शैली प्रहरी राजउन्मुख देखियो : सचेतक परियार

०
Banner

काठमाडौं,कात्तिक १३ –

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार पक्राउ तथा धरपकड गर्ने प्रहरी शैलीप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र नियन्त्रणको दुष्प्रयास गर्नु घोर भर्त्सनायोग्य भएको बताएका छन्।

उनले पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा प्रहरी पुगेको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

परियारले लेखेका छन् समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु। संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट अर्थात् प्रहरी राज उन्मुख देखियो। विदाको मुखमै गरिएको प्रहरीको यो हर्कत छानबिनयोग्य छ। म सरकारसँग यो मिडिया धरपकड प्रकरणको छानबिनका लागि विशेष माग गर्दछु। पत्रकाररमिडियाको विषयलाई प्रेस काउन्सिलबाटै निरूपण गर्ने अभ्यास गर्न जोडदार माग गर्दछु।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>