देश/प्रदेश
रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै
०

काठमाडौं, असार ६ –
रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ ।
जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।
परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























