चितवन विशेष

होटल पौवा भरतपुरमा आज देउसी–भैलो साँझ हुने

०
Banner

चितवन, कार्तिक २३–

नेपालीहरुको महान् चाड तिहारको अवसर पारेर चितवनको भरतपुर–७, स्थित होटल पौवाले देउसी–भैलो साँझ आयोजना गर्ने भएको छ ।

होटल पौवाले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको उल्लासलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्तिक २३ गते अर्थात् आज (सोमबार) विशेष देउसी–भैलो साँझ आयोजना गर्न लागेको हो । होटल परिसरमा आयोजना हुने उक्त कार्यक्रममा साँझ ६ बजेदेखि देउसी–भैलोसहित सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुने होटलका जनरल म्यानेजर रामप्रसाद रेग्मीले जानकारी दिए ।

नेपाली मौलिक पहिचान झल्किने पोशाक, संगीत र सांस्कृतिक प्रस्तुतिमार्फत तिहारको रौनकलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ । तिहारमा देउसी–भैलो खेल्ने परम्परा नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्नसमेत सहयोग पुग्ने रेग्मीले विश्वास गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>