देश/प्रदेश
राहदानी अनियमितता प्रकरण : तीर्थराज अर्यालसहितलाई दोस्रो पटक म्याद थप, अझै ५ दिन हिरासतमा राख्न अनुमति
०

काठमाडौँ, ५ असारः
राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता कसुरमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चारजनालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थप गरेको हो।
विशेष अदालत प्रशासन शाखाका अनुसार म्याद थप हुने प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार के.सी, तुलसी प्रसाद आचार्य र मणिन्द्र मल्ल रहेका छन्।
अख्तियारले गत वर्ष भएको ई–पासपोर्ट टेन्डर अनियमितता अनुसन्धानमा राहदानी विभागका महानिर्देशक अर्यालसहितलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























