नवलपुर

गैडाकोटमा घरायसी विवादमा बाबुको खुर्पा प्रहारबाट छोराको मृत्यु

Banner

 

गैडाकोट,जेठ १७-

नवलपुरको गैँडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ। गए राति करिब १० बजे स्थानीय ६३ वर्षीय डम्मर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर ल्याइएको थियो । उपचारकै क्रममा राति १०ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रयोग गरिएको खुर्पा बरामद गरेको छ भने आरोपी डम्मर गिरीलाई नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>