Breaking News

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

०
Banner

काठमाडौं,कात्तिक २४-

देशका हिमाली र पहाडी भू–भागमा आज आंशिक बदली रहने भए पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, रातिको समयमा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>