चितवन विशेष
आगलागीबाट क्षति पुगेका गीतानगरका व्यवसायीलाई नेपाली कांग्रेस भरतपुर महानगर समितिद्वारा आर्थिक सहयोग

चितवन, कार्तिक २३-
भरतपुर महानगरपालिका ६ गीतानगरस्थित नेपाली जुत्ता पसलमा गए राति भएको आगलागीबाट पसल पूर्ण रूपमा क्षति भएको छ। आगलागीका कारण पसलका सञ्चालक भीमबहादुर नेपालीलाई ठूलो आर्थिक क्षति पुगेको छ।
यस दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापति बुद्धिकान्त न्यौपानेको संयोजकत्वमा पसलका सञ्चालक भीमबहादुर नेपालीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस भरतपुर महानगर समितिका पदाधिकारी तथा प्रतिनिधिहरू, नेपाली कांग्रेस भरतपुर–६ का सभापति, स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
विपद् र संकटको समयमा पीडितसँगै उभिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै नेपाली कांग्रेस भरतपुर महानगर समितिले दुःखको यस घडीमा पीडित व्यवसायीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, आगलागीबाट प्रभावित भीमबहादुर नेपालीलाई यस कठिन परिस्थितिको सामना गर्ने शक्ति मिलोस् र आगामी दिनमा पुनः आफ्नो व्यवसाय सञ्चालन गरी सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्ने कामनासमेत गरिएको छ।
























