देश/प्रदेश

सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

Banner

किमाथाङ्का (सङ्खुवासभा), जेठ १६ –

जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु चार लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु चार लाख बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मङ्गलबारेबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगो लाग्नुको कारण भने हालसम्म खुल्न सकेको छैन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>