सडक निर्माणा/देश विकाश
भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै
०

भोजपुर,जेठ १५-
यहाँको ऐसेलु खोलामा रु छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ ।
पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको राससलाई जानकारी दिनुभयो ।
“ऐसेलु खोला पक्की पुल निर्माण सुरु गरेका छौँ”, प्रमुख रेड्डीले भन्नुभयो, “हाल तीनमध्ये एउटा पिलर ढलान भइसकेको छ । ” दुई ‘स्पान’मा निर्माण हुने पुल ५२ मिटर लामो हुनेछ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























