देश/प्रदेश

तेस्रो संस्करणको “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” काठमाडौंमा सुरु, प्रथम हुनेले ५० हजार प्राप्त गर्ने,

Banner

काठमाडौँ, जेठ १४-

तेस्रो संस्करणको “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” काठमाडौंमा सुरु भएको छ। खेलकुद पर्वतारोहण प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा नेपाल र विदेशका गरी ३८ जना खेलाडी सहभागी भएका छन् ।

नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (एनएनएमजीए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्क। को संयुक्त आयोजनामा प्रतियोगिता थमेलस्थित एस्टरेक क्लाइम्बिङ वालमा सुरु गरिएको हो।

पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा भइरहेको छ। विजेताहरूलाई प्रथम स्थानका लागि रु ५० हजार, दोस्रोका लागि रु ३० हजार र तेस्रोका लागि रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल मे २९ मा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको उपस्थितिमा सम्पन्न हुनेछ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथा आरोहण गरेको स्मृतिमा यो प्रतियोगिता आयोजना गरिएको हो। आयोजकले यसले नेपालमा स्पोर्ट क्लाइम्बिङ विकास र नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>