समाज

खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध,चल्नथाल्यो फेसबुक

Banner

चितवन,भदौ २३-

सरकारले सामाजिक सञ्जाल प्लेटफार्महरूमाथि लागेको प्रतिबन्ध फिर्ता गरेको छ। सोमबार राति १० बजेबाट सामाजिक सञ्जालहरूमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिएको एक नेताले जानकारी दिए।सोमबारको भयानक त्रासदीपछि बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल फिर्ताको निर्णय नगरे पनि सत्तारूढ दलहरुबीचको बैठकमा यसबारे सहमति भएको थियो। अहिले फेसबुक चल्न थालेको छ ।

यसअघि कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फिर्ता लिनबारे आग्रह गर्न भनेबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई फोन गरेका थिए। प्रधानमन्त्री ओलीले भने नियमनबिना कुनै पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता नलिने अडान लिएका थिए।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा देशभर गरी २० जनाको ज्यान गएको छ भने ४ सय २२ घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>