नवलपुर

गैंडाकोटको वेष्टर्न एडभान्स कलेजमा सिभिल इन्जिनियरिङ र बिबिएमा बिशेष छात्रबृत्तिको घोषणा

Banner

पवन पण्डित,

गैंडाकोट,भदौ ८-

नवलपुर गैंडाकोट १ स्थित वेष्टर्न एडभान्स कलेजले विद्यार्थीका लागि बिशेष छात्रबृत्तिको घोषणा गरेको छ । गतवर्ष बाट सञ्चालनमा आएको कलेजले सिभिल इन्जिनियरिङ र बिबिए कार्यक्रमका लागि छात्रबृत्ति घोषणा गरेको हो । सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक कार्यक्रम र छात्रबृत्तिका बारेमा जानकारी दियो ।

कलेजका एकेडेमिक इन्चार्ज कमल तिवारीका अनुसार नवलपुर र चितवनका पालिकाको सिफारिसमा आउने विद्यार्थीलाई कलेजले १५ प्रतिशत आन्तरिक छात्रवृत्ति प्रदान गर्नेछ । यसका लागि विद्यार्थीले पालिका कार्यालयबाट सिफारिस पत्र ल्याउनुपर्नेछ । विद्यार्थीले एसईई ग्रेड सिट, नागरिकता प्रमाणपत्र र पासपोर्ट साइजको फोटो समावेश गरेर कलेजमा सम्पर्क गर्न सकिनेछ ।

यस्तै कलेजले नियमित रुपमा विश्वबिद्यालयबाट प्राप्त सिभिल इन्जिनियरिङका ४८ कोटामा ५ जना र बिबिएको ३३ कोटामा ३ जनालाई छात्रबृत्ति प्रदान गरिरहेको जनाएको छ । कलेजले नाफामुखी मात्र नभई सेवामुखी भएर काम गर्ने उद्धेश्यले गुणस्तरीय शिक्षा प्रदानमा ध्यान दिएको तिवारीले बताउनुभयो । ‘यस क्षेत्रकै अब्बल कलेजका रूपमा स्थापित गर्नेगरी अध्ययन अध्यापन गराउने गरी काम गरिरहेका छौं,विद्यार्थी र अभिभावकको ठूलो सहयोग छ, उहाँले भन्नुभयो ।’

कलेजका प्रिन्सिपल इन्जिनियर राजन सापकोटाले कलेजले यस वर्षदेखि बिएस्सी सिएसआइटीको अध्यापन पनि सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो । निकट भबिष्यमा नै कलेजले बिएचएम, बिआइटी र एमबिए कार्यक्रम सञ्चालनको तयारी गरेको छ । ‘कलेजमा अध्यापन गर्ने विद्यार्थीका लागि सत प्रतिशत रोजगारी दिनेगरी अघि बढेका छौं,उहाँले भन्नुभयो,पढाइसंगै कार्यशाला, गोष्टी, सेमिनार नियमित सञ्चालन गरिरहेका छौं ।’ विद्यार्थीका लागि ‘पे’ इन्टर्नसिपको समेत व्यवस्था गरिने प्रिन्सिपल सापकोटाले बताउनुभयो । इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई सुरुवातबाटै प्रयोगात्मक कक्षाहरु दिइने भन्दै उहाँले दक्ष प्राविधिक निर्माणमा कलेज एक कदम अघि रहेको उल्लेख गर्नुभयो । पहिलो वर्षमा नै विद्यार्थी उत्साहजनक रुपमा सबै कोटामा भर्ना भएको सापकोटाले बताउनुभयो ।

कलेजले प्रयोगशाला, पुस्तकालय, खेलकुद र सहपठ्यक्रम गतिविधिहरुसहित यातायातको समेत सुविधा रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>