अन्तर्राष्ट्रिय
चीनमा पुल भाँचिँदा १२ जनाको मृत्यु, ४ जना बेपत्ता
०

बेइजिङ, भदौ ७-
चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ४ जना हराइरहेका छन्। शुक्रबार साँझ करिब ६ बजे यलो नदीमाथि निर्माण भइरहेको १०८ मिटर लामो भाग स्टिल केबल भाँचिएर खसेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनापछि ८०६ जना उद्धारकर्मी, ९१ वटा सवारी साधन, २७ डुङ्गा, एक हेलिकोप्टर र पाँचवटा रोबोटको सहयोगमा ठूलो उद्धार कार्य चलाइएको थियो ।
दुर्घटनाको बेला करिब १६ जना कामदार पुलमा कार्यरत थिए। यो पुल निर्माण सम्पन्न भएमा यलो नदीमाथि चीनको पहिलो स्टिल ट्रस आर्च रेल पुल बन्ने थियो। तर निर्माणाधीन अवस्थामै भाँचिएपछि पुल गुणस्तर र सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























