क्रिकेट

टप टी-२० सिरिजः आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

Banner

काठमाडौं,भदौ २-

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। नेपाली समयअनुसार सोमबार बिहान ७ः१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन्। अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान उत्रिनेछन्। नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो। मेलबर्न स्टार्सले भने दुई खेलमा एक हार र एक जित निकालेको छ। पहिलो खेलमा मेलबर्न रेनेगेड्ससँग ४ रनले पराजित भएको स्टार्सले दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गरेका थियो।

नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ। मेलबर्नसमेत नेपाललाई पराजित गर्दै तालिकाको माथिल्लो स्थानमा उक्लन चाहन्छ।

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>