धार्मिक/सांस्कृतिक
राधाकृष्ण मन्दिरमा अखण्ड कीर्तन
०

नवलपुर (नवलपरासी), साउन ३१-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–५ स्थित राधाकृष्ण मन्दिरमा अखण्ड कीर्तन सुरु भएको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज मध्याह्न १२ः०० बजेदेखि अखण्ड कीर्तन सुरु भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिमलाल सापकोटाका अनुसार विगतदेखि नै अखण्ड कीर्तन हुँदै आएको र त्यसलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।
धर्मसंस्कृति संरक्षण र प्रवर्द्धन गर्न बर्सेनि जन्माष्टमीमा अखण्ड कीर्तन हुँदै आएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























