अन्तर्राष्ट्रिय

पाकिस्तानमा बाढीको विनाश: ४८ घण्टामा तीन सय सातको मृत्यु, २३ घाइते

Banner

काठमाडौँ, साउन ३१-

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षा र बाढीले ठूलो क्षति भएको छ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो ४८ घण्टामा ३०७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन्। मृत्यु हुनेमा २७९ पुरुष, १५ महिला र १३ बालबालिका छन्।

बुनेरमा १८४, शाङ्लामा ३५, मानसेहरामा २३, बाजौरमा २१, स्वातमा २०, बट्टाग्राममा १५ र तल्लो दिरमा ५ जनाको मृत्यु भएको छ। बाढीले ७४ घर क्षतिग्रस्त भएका छन्, जसमध्ये ११ पूर्ण र ६३ आंशिक रूपमा नष्ट भएका छन्।

‘वर्षा र आकस्मिक बाढीका कारण अहिलेसम्म जम्मा ७४ घर क्षतिग्रस्त भएका छन्। यीमध्ये ६३ घर आंशिक रूपमा नष्ट भएका छन् भने ११ घर पूर्ण रूपमा नष्ट भएका छन्,’ प्राधिकरणले भनेको छ।

बुनेरमा एकै दिन २०० भन्दा बढीको ज्यान गयो, जसमा राहत कार्यमा खटिएको हेलिकप्टर दुर्घटनामा परेका ५ चालक दलका सदस्य पनि छन्।

प्राधिकरणले दुई हजार उद्धारकर्मी राहत कार्यमा संलग्न भएको जानकारी दिएको छ। ‘भारी वर्षा, पहिरो र सडक बन्द हुँदा राहत वितरणमा चुनौती छ,’ उद्धार ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले भने। मौसम विभागले २१ अगस्टसम्म थप वर्षाको चेतावनी दिएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>