खेलकुद

ताप्लेजुङ गोल्डकप: उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै

Banner

ताप्लेजुङ, साउन ३१-

अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलअन्तर्गत आज ललितपुरको चर्च ब्वाइज क्लब र सिरहाको सलहेश युवाक्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५० हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>