अन्तर्राष्ट्रिय

अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु

Banner

अल्जेरिया, साउन ३१-

राजधानी अल्जियर्स नजिकै शुक्रबार साँझ भएको एक भायनक बस दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । यात्रु बोकेको बस पुलबाट नदीमा खस्दा ठूलो क्षति भएको हो।

दुर्घटनामा धेरैजना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । उद्धारकर्मीहरूले अबेर रातिसम्म नदीमा उद्धार कार्य जारी राखेका थिए।

यस दुःखद घटनापछि अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>