शिक्षा
एसईई नतिजा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने
०

काठमाडौं, असार १०-
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ ।
प्राविधिक समस्या नदेखिएमा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि काम भइरहेको कार्यालयले जनाएको हो।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप(नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले अंक इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको छ।
उनले भने,‘एसइई नतिजा प्रकाशनको काम तीब्र रुपमा भइरहेको छ,यही असार तेस्रो साता (२१-२२ गतेभित्रै) प्रकाशन गर्ने गरि काम गरिरहेका छौँ,प्राविधिक समस्या नआएमा त्यही समयभित्र नतिजा प्रकाशन हुन्छ।’ फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























