Breaking News
अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च
०

काठमाडौं,असार ९-
अमेरिकाले इरानका तीन आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक सुविधाहरूमा आक्रमण गरेपछि एसियाली सेयरबजारहरू ओरालो लागेको थियो । तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीभीले जनाएको छ ।
तेलको मूल्य दुई प्रतिशतभन्दा माथि उक्लिएको छ, यो जनवरीयताकै उच्च हो । यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ । अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलरमा पुगेको छ । अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























