समाचार
बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
०

मकवानपुर, जेठ २५-
बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न १ बजे बस्दैछ । प्रदेशसभा सभामुख भुवनकुमार पाठकले उक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण ९कर राजस्वबाहेक० प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि पूर्ण छलफल गरिने बताउनुभयो ।
उहाँले आगामी असार १ गते बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले सरकारको वार्षिक २०८२र८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । प्रदेशसभाको गत जेठ २१ गतेको बैठकबाट सरकारको २०८२र८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























