नवलपुर
नवलपरासीको विनयी त्रिवेणीस्थित खोलामा डुबेर बालिकाको मृत्यु
०

मध्यविन्दु (नवलपरासी बसुपू), जेठ २४ –
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो । डुबेर अचेत भएकी बालिकालाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।
चार–पाँचजना बालबालिकाहरू पौडी खेल्न गएकामा रोषना डुबेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























