समाचार

बाजुराको बाम्का बजारमा आगलागी, ४० पसल जले

Banner

बाजुरा, जेठ २३-

बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे(मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो ।

आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए ।
नगरप्रमुख बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>