धार्मिक/सांस्कृतिक

आज मिति २०८२ साल जेठ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, जेठ २१-

वि.सं.२०८२ साल ज्येष्ठ २१ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशीफल

मेष:

आज प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । दिन उत्साह पूर्ण रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि तथा पशुपालन क्षेत्रमा लाभ हुनेछ ।

वृष:

आज सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुनेछ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ ।

मिथुन:

घरायसी कार्यमा बढि समय दिनु पर्नेछ । उधोग तथा व्यापारमा लाभ हुनेछ । बचत धन खर्च गर्नुपर्नेछ । नियमित कार्यमा राम्रै रहला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

कर्कट:

ताजगी र स्फूर्ति बढ्नेछ । नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइती पक्षसँग सम्बन्ध र सम्पर्क गर्ने दिन हो । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ ।

सिंह:

खानपानप्रतिको आकर्षण बढ्ने दिन छ । चिल्लोचापिलो र गुलियो पदार्थमा रुचि जाग्नेछ । फुर्सदमा कुनै ग्रन्थ, वाङ्मय र धार्मिक, पौराणिक विषयवस्तुको अध्ययन गर्न सकिनेछ । अड्किएर रहेका कामहरु पनि फत्ते हुने देखिन्छ ।

कन्या:

व्यस्तता र दौडधूपमा समय बित्नेछ । व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउनु पर्नेछ । पठनपाठनमा ध्यान केन्द्रित नहोला । नयाँ कार्य सुरु गर्नै परेमा कुलदेवताको स्मरण गर्दै शुरु गर्नु राम्रो पक्ष हुन आउनेछ ।

तुला:

आय आर्जनको क्षेत्रमा वृद्धि हुनेछ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महशुस हुनेछ । अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ । घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुनेछ ।

बृश्चिक:

व्यवसायिक कामको चाप बढ्नसक्नेछ । वाहनसुखको योग छ साथै महत्त्वपूर्ण भ्रमणको सङ्केत देखिन्छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुनेछ । राज्यपक्षबाट पनि विशेष सहयोग प्राप्त हुने समय छ ।

धनु;

कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिनेछ । आँटेताकेको उपलब्धि प्राप्त हुनेछ तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । अध्यात्मिक क्षेत्रमा मन लागिरहने समय छ ।

मकर:

कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ । अनाहकमा नगरेको कामको अवगाल समेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ ।

कुम्भ:

अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछन् । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ । कुनै कार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो पक्ष हुनेछ ।

मीन:

आज कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने कन्ट्रोल गर्नुहोला । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । मुद्दा मामिला आदिमा फस्न सकिने संभावना रहेको छ, परन्तु धैर्य गर्नुहोला, जीतभने तपाईं कै नै हुने देखिन्छ ।

rashifal

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>