समाचार
विष्णु जोशीले पाए काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी
०

काठमाडौं, जेठ २०-
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् । राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन शाह,उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























