क्रिकेट
महिला क्रिकेट विश्वकप खेल्न भारत नआउने पाकिस्तानको घोषणा

काठमाडौं,जेठ २०-
महिला क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू अब भारतको सट्टा श्रीलंकामा खेलिने भएका छन् । भारतले यस वर्ष ३० सेप्टेम्बरदेखि २ नोभेम्बरसम्म आयोजना हुने महिला क्रिकेट विश्वकप आयोजना गर्दैछ । यी खेलहरू भारत र श्रीलंकामा आयोजना हुने भएका हुन् ।
यस वर्षको शुरूमा भारतले पुरुष च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । यसपछि आईसीसीले दुवै देशले आयोजना गर्ने प्रतियोगिताहरूको लागि तटस्थ स्थल शुरू गरेको थियो। भारतमा यी खेलहरू बेंगलुरु, गुवाहाटी, इन्दौर र विशाखापट्टनममा आयोजना हुनेछन् भने श्रीलंकामा कोलम्बोमा खेल हुनेछन् । श्रीलंकामा पाकिस्तानका सात समूह खेलहरू हुनेछन् । यसमा भारत र इङ्गल्याण्ड विरुद्धका खेलहरू समावेश छन् । श्रीलंकामा सेमिफाइनल पनि हुनेछ । यदि पाकिस्तान फाइनलमा पुग्यो भने यो खेल पनि श्रीलंकामा हुनेछ ।

























