समाचार

मेलम्चीमा फस्यो भूमिमन्त्री बलरामअधिकारी सवार गाडी

Banner

काठमाडौं, जेठ १७-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी नदीमा फसेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो ।

उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ । प्रहरीले बताए अनुसार, कार्यक्रमका लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>