समाचार

एमालेले विपद् व्यवस्थापनमा पार्टीपङ्क्तिलाई सक्रिय गराउने

Banner

काठमाडौँ, जेठ १४-

नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्ने भएको छ। विभाग प्रमुख खिमलाल भट्टराईले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टी पङ्क्तिलाई परिचालन गर्न लागेको जानकारी दिए।

उनका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्वतयारी र सचेतनाका कार्यलाई प्राथमिकता दिने, केन्द्रमा विपद्सँग सम्बन्धित केन्द्रीय संरचना र जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अङ्गसँग समन्वय र सहकार्य गरी बाढी–पहिरो र डुबान जोखिम न्यूनीकरणका पक्षमा पहलकदमी गर्ने, रेडक्रससहित उद्धार तथा राहतका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाको पहिचान गर्ने र आवश्यकताअनुसार सहयोगको वातावरण निर्माण गर्ने पक्षमा विभाग क्रियाशील रहेको छ।

त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन हरसम्भव प्रयत्न गर्ने, बाढी–पहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुनर्निर्माणमा तत्परता देखाउनेलगायतका समन्वयकारी भूमिकासहित व्यवस्थापकीय कामलाई पार्टीले प्राथमिकता दिएको नेता भट्टराईले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>