समाचार
दुर्गा प्रसाईंका दुई बडिगार्ड भए रिहा
०

काठमाडौं, जेठ १३-
काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।
तर जिल्ला सरकारी वकिलको कार्यालयले भने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुलाई मुद्दा नचल्ने निर्णय गरेको थियो ।
बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।
१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध अहिले काठमाडौंमा मुद्दा दर्ता भएको छ । प्रतिवादीहरूको बयान चलिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























