Breaking News

मकवानपुरमा ब्रेक फेल भएको बस घरमा छिर्दा दुई जनाको मृत्यु

Banner

हेटौडा,जेठ १२-

मकवानपुरमा यात्रीवाहक बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् । सोमबार (जेठ १२) बेलुका पालुङ बजार नजिकै बा ३ ख ५९९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । मकवानपुरकै गोपालीगाउँ भन्ने ठाउँबाट पालुङतर्फ गइरहेको बसले पैदलयात्रीलाई ठक्कर दिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले बताए । चालक र उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा चारजना गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो । बसको ‘ब्रेक फेल’ हुँदा उक्त घटना भएको उनको भनाइ छ ।

“ब्रेक लागेन, ब्रेक फेल भयो । ब्रेक फेल भएपछि चालकले बस कन्ट्रोलमा लिन सकेनन्,” एसएसपी थापाले भने । बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>