समाचार

राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

Banner

काठमाडौँ, जेठ ११-

राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राजदूत रुपाखेतीलाई गणतन्त्र पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>