घटना -दुर्घटना

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

Banner

काठमाडौं, जेठ ८

रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ।

बिहीबार बिहान पौने ११ बजे खाँडादेवी गाउँपालिका(३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।

दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेको हो।

उक्त गाडीमा चार जना सवार थिए। जसमध्ये तीन जना घाइते भएको डिएसपी भट्टले बताए।

घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स चालक रामेछाप दोरम्वाशैलुङ्ग-३ बस्ने २४ वर्षीय सुरेश मगर, रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका-२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>