खेलकुद

महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट नेपाललाई ११५ रनको लक्ष्य

Banner

काठमाडौँ, जेठ ५ –

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो । युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिइन् । कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिइन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>