नवलपरासी

परासी–सुनवल खण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट एक युवकको मृत्यु

Banner

परासी,जेठ ५-

नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका १ सण्डा बस्ने २२ वर्षीय जीवन यादव छन् । परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशामा रहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकलमा सवार यादवलाई सुनवल नगरपालिका ९ स्वाठीमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएकोमा राति करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । यादवलाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको सानो गाडी भागेको थियो । त्यसको खोजी भइरहेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>