प्रवास

दक्षिण कोरियाले गर्‍यो १० नेपालीलाई निष्कासन

Banner

काठमाडौं,जेठ ४-

दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो। स्रोतका अनुसार कोरियन एयरलायन्सको विमानबाट उनीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो।

त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा, तिवारी पुन, अधिकारी, पुन र घर्ती क्षेत्री थरका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो।

वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेक थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>