समाचार

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

Banner

काठमाडौं, जेठ ४-

काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>