खेलकुद
नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
०

काठमाडौं, जेठ १-
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।
नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।
नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।