घटना -दुर्घटना
सतुङ्गलको कपडा पसलमा आगलागी
०

काठमाडौँ जेठ १-
चन्द्रागिरि नगरपालिका-११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ ।
आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।
आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत वटा दमकल प्रयोग गरिएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























