देश/प्रदेश

बाँस ढलेर हाइटेन्सन लाइन छुँदा दुई वृद्ध महिलाको मृत्यु

Banner

मोरङ, वैशाख ३१-

मोरङमा करेन्ट लागेर दुई जना वृद्दाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा करेन्ट लागेर दुई वृद्ध महिलाको मृत्यु भएको हो।

करेन्ट लागेर ७३ वर्षीया सूर्य देवी गनगाई र ७० वर्षीया रामु देवी गनगाई गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ९ः०० बजे दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय नीरज कुमार सिंहको बिबाहमा बाँधिएको माइकको बाँस सोमबार साँझ करिब ८ः२० बजे आएको हावाहुरीले ढलेर हाइटेन्सन लाइनमा छुदाँ सूर्य देवी र रामु देवी गम्भीर घाइते भएका थिए।

घटनामा ३० वर्षीया राधा कुमारी सिंह पनि घाइते भएकी छन्। उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>