घटना -दुर्घटना
काभ्रेपलाञ्चोकमा घरभित्र छिर्यो टिपर
०

काठमाडौं, वैशाख ३०-
काभ्रेपलाञ्चोकमा टिपर घरभित्र छिरेको छ।
धुलिखेल नगरपालिका-५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटमा टिपर छिरेको हो।
मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
‘मानवीय क्षति भने भएको छैन, उनले भने,टिपर एक्कासि कसरी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।’
सटरबाट टिपर झिकेर बनाउनका लागि बनेपा पठाइएको उनले बताए।
तस्बिर: केशवराज पौडेलको फेसबुकबाट
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























