देश/प्रदेश
विश्व शान्ति पूजा गर्दै पोर्चुगलमा बुद्धजयन्ती मनाइयो
०

लिस्बन (पोर्चुगल), बैशाख ३० –
युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजयन्ती मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजना तथा यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सहआयोजनामा सोमबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो । सो अवसरमा आन्जोसस्थित एभरेष्ट नेपाल रेष्टुरेन्टको हलमा लामा गुरुद्वारा गौतम बुद्धको विशेष पूजाआराधना गरिएको थियो । विश्व शान्तिका लागि शान्ति पूजा र दीप प्रज्वलनसमेत गरिएको थियो ।
गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विश्व शान्ति पूजासहित दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाइएको नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























