समाचार

विदेश जाने विद्यार्थी संख्या निरन्तर बढ्यो, बाहिरियो १ खर्ब ३ अर्ब ८४ करोड

Banner

काठमाडौँ, वैशाख २८-

चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।

चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।

उता नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ । तथ्यांक अनुसार भ्रमण आयको तुलनामा व्यय माथि देखिन्छ र जसले गर्दा खुद सेवा आय ८१ अर्ब ५४ करोड घाटामा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>