देश/प्रदेश

कारागारको शौचालयमा मृत भेटिए थुनुवा

Banner

जाजरकोट, वैशाख २८-

जाजरकोट कारागारको शौचालयमा थुनुवा मृत भेटिएका छन् । कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा शौचालयमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माका अनुसार भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढा आज (आइतबार) बिहान कारागारको शौचालयमा मृत भेटिएका हुन् ।

उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए । मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>